काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टीले भूमिहीन तथा सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा दिने कामलाई प्राथमिकतामा रहेको बताएका छन् ।
उनले विहीबार बुटवलमा भएको चुनावी भेलामा बोल्दै यस्तो बताएका हुन् ।
रुपन्देहीमा अव्यवस्थित, भूमिहीन दलित र सुकुम्बासी गरी करिब ७० हजार परिवार रहेका तथ्यांक प्रस्तुत गर्दै पौडेलले भने, ‘विगतमा पनि एमाले सरकारले सुकुम्वासी समस्या समाधानलाई उच्च प्राथमिकता दिएर काम गरेको हो तर लालपुर्जा बाँड्ने अन्तिम समयमा सरकार ढालियो ।
चुनावको समयमा जथाभावी आरोप लगाउने र बद्नाम गर्ने कोशिस हुने भन्दै उनले कसैलाई आरोप नलगाई आफूले गरेका काम र एजेण्डा जनतामाझ लैजान एमाले कार्यकर्ताहरुलाई अपिल गरे ।पौडेल नेकपा एमालेबाट रुपन्देही–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका .छन् ।


