काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको प्रतिनिधिसभा दुई वर्षभित्र खतरामा पर्न सक्ने शंका ब्यक्त गरेका छन् । आइतबार काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले आफूहरु राष्ट्रियता, लोकतन्त्र, सनातन हिन्दुराष्ट्र र आर्थिक उदारवादको मान्यतामा अडिग रहेको प्रस्ट पारे ।
राप्रपा नेपाल केवल एउटा चुनावको लागि खडा भएको पार्टी मात्रै नभएको उनले बताए। ‘राप्रपा नेपाल लामो राजनीतिक यात्रामा हिँडेको राष्ट्रवादी शक्ति हो’ उनले भने, ‘चुनावी परिणाम प्रतिकुल रहे पनि आगामी दिनमा बलियो राष्ट्रवादी, प्रजातान्त्रिक र हिन्दुवादी शक्ति बनाउने अभियान अझ सशक्त बनाइनेछ।’
अहिलेको राजनीतिक संरचनाभित्रका त्रुटीहरुका कारण हालै सम्पन्न निर्वाचनबाट देशले भोग्नुपरेको संकटको समाधान हुन नसक्ने उनले बताए।
ु


