काठमाडौं । माधव नेपाल नेतृत्वको दल नेकपा (एकीकृत समाजवादी) ले आज पोलिटब्यूरो बैठक बोलाएको छ। आजको बैठकमा पार्टी सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा निर्णय हुनेछ ।
यही विषयमा निर्णय लिन यसअघि बसेको स्थायी कमिटीले निष्कर्ष निकाल्न नसकेपछि पुनः पोलिटब्यूरोको बैठक बस्न लागेको हो । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रचण्डले सरकारमा सहभागी हुन अनुरोध गरे पनि पार्टीले प्याकेजमै सहमति गर्नुपर्ने भन्दै ठोस निर्णय लिन सकेको छैन ।
शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो। बैठकमा अधिकांश नेताहरुले सरकारमा सामेल हुनुपर्ने धारणा ब्यक्त गरेका थिए ।


