काठमाडौं । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले सपथ ग्रहण गरेका छन् । उनले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सपथ लिएका हुन् ।
प्रदेश सभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास सिमलचौरमा शनिबार साँझ एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।
सपथ ग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्रीहरू, प्रतिपक्षी दलका नेता तथा गण्डकी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद लगायतको उपस्थिति रहेको थियो। सभामुखमा निर्वाचित धिताल गोरखा १ (१) बाट निर्वाचित सांसद हुन्।


