स्पेन । नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजनामा गत १६ अप्रिल २०२३ मा स्पेनको पर्यटकीय शहर बार्सिलोनाको सुप्रसिद्द गिर्जाघर साग्रदा फामिलिया अगाडि नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ बार्सिलोना नगरपालिका, साँस्कृतिक बिभागसँग सहकार्य गर्दै बिभिन्न सांस्कृतिक कार्यक्रम तथा नेपाली खानाको स्टलको साथमा “नेपाल पर्यटन प्रवर्द्धन तथा नेपाली नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम ” भब्यताका साथ सम्पन्न भएको छ।
नेपाली जनप्रगतिशील मंच,स्पेनका अध्यक्ष विशाल ढुंगानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिको रूपमा नेकपा (माओवादी केन्द्र) प्रवाश समन्वय समितिका सदस्य गंगा प्रसाद भुसाल,एनआरएनए युरोप संयोजक चिन्तामणि सापकोटा, एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रे , नेपाली जनप्रगतिशील मंच युरोप कमिटि सदस्य कृष्णहरि कंडेल,एनआरएनए आईसिसी । सदस्यहरू दिनेश कुमार गिरी, नेपाली मंच स्पेनका अध्यक्ष हेमन्त रानाभाट रहेका थिए । यसका साथै हजारौ नेपाली दाजुभाई तथा दिदिबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो।

दैनिक हजारौ विदेशी पर्यटकहरूको भीड लाग्ने साग्रदा फामिलिया चर्च अगाडि खुल्ला आकाशमुनि आयोजित कार्यक्रम दिनको चार बजेबाट सुरू भएको थियो। कार्यक्रमको मुख्य आकर्षणमा नेपाली विभिन्न जातजाती , भाषा संस्कृति झल्केका तमु, मगर, तामांग, क्षेत्री तथा आर्य खस समुदायहरूले आ –आफ्नो प्रस्तुतीहरू प्रस्तुत गरेका थिए । नेपाली खानाहरूको परिकार सहित स्टल रहेको
जनप्रगतिशील मंच स्पेनका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक अशोक किरण न्यौपानेले बताए
कार्यक्रममा साँस्कृतिक कार्यक्रमको साथमा नेपाल पर्यटन बोर्डले तयार गरेका नेपाल सम्बन्धि प्रचार सामग्रीहरू , भिजिट नेपाल लेखेका टिसर्टहरू ,पोस्टरहरू , नेपाली झन्डा , ढाका टोपी पनि स्टल बाट पर्यटकहरूलाई वितरण तथा जानकारीको लागि राखिएको र नेपाल भ्रमणका पर्यटकहरूलाई निमन्त्रणा गरेको नेपाली जनप्रगतिशील मंच स्पेनका अध्यक्ष विशाल ढुंगानाले जानकारी दिए ।

विभिन्न समयमा नेपाल पर्यटन प्रवर्द्धन सम्बन्धि कार्यक्रमहरू विभिन्न संघ संस्थाहरूले स्पेनमा गरिरहेता पनि बार्सिलोना नगर पालिकाँग सहकार्य गरेर खुल्ला रूपमा यति धेरै जनसहभागिता माझ भएको यो नै एैतिहासिक कार्यक्रम हो जसको सम्पूर्ण संयोजन नेपाली जनप्रगतिशील मंच र बार्सिलोना नगरपालिकाको सांस्कृतिक विभागले गरेको थियो भने कार्यक्रमको संचालन लोकप्रिय उद्घोषक एलिशन मगरले गरेका थिए ।


