काठमाडौं । आज तराईका केही जिल्लामा हावाहुरीको सम्भावना रहेको छ ।
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका पहाडी भेगमा आंशिक बदली (२६ देखि ५० प्रतिशत आकाश बादलले ढाक्नु) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एकरदुई स्थानमा भने मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।


