काठमाडौं । आज देशका अधिकांश स्थानको मौसम सफा रहने मौसम विभागले जनाएको छ ।
महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आगामी आइतबारसम्म पानी पार्ने नयाँ प्रणाली आउने सम्भावना देखिएको छैन। मौसम महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। मौसम बदली र वर्षा नहुने तथा मौसम सफा हुनेबित्तिकै गर्मी बढ्छ। आजसमेत ३ दिन खासगरी तराई क्षेत्रमा धेरै गर्मी हुने देखिन्छ।
मौसमविद् कँडेलका अनुसार अहिले बिहान पहाडी भेगका एक दुई स्थानमा आंशिक बदलीबाहेक लगभग देशभर मौसम सामान्यतया सफा छ। यसको अर्थ धेरै स्थानमा घाम लाग्नु हो। जसले तापक्रम वृद्धि गर्छ। आज काठमाडौं उपत्यकामा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् शान्ति कँडेलको भनाइ छ।


