काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभरका पहाडी भेगमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले अहिले पनि काठमाडौं उपत्यकाकामा वर्षा भइरहेको जानकारी दिइन्।
‘अहिले काठमाडौं उपत्यकाका कतै कतै र वरिपरि छिटपुट वर्षा भइरहेको छ’, उनले भनिन्, ‘दिउँसोचाहिँ हिजोजस्तै अलि धेरै बेर वर्षा हुने सम्भावना छ।’ उनका अनुसार आज काठमाडौं उपत्यकामा दिनभर नै बदली हुनेछ भने घाम देखिने सम्भावना कमै छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
‘


