काठमाडौं। आज देशका अधिकांश स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भू–भागहरू साथै देशका पहाडी भू–भागहरू आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूका साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।


