काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनमा एमाले एक्लैले पूर्ण बहुमत ल्याउने र ५ वर्षसम्म सरकार चलाउने दावी गरेका छन् ।
उनले आज (शुक्रबार) लमजुङको घलेगाउँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमालेमा जनताको आकर्षण बढेको बताए ।
उनले एमाले केही क्षणका लागि मात्रै प्रतिपक्षमा बसेको समेत बताए । घलेगाउँलाई सुखी गाउँ घोषणा गर्दै ओलीले ुनेपालको पहिलो सुखी गाउँु घोषणा गर्न पाउँदा खुसी व्यक्त गरे । अध्यक्ष ओलीले ुसुखी नेपाली समृद्ध नेपालुको परिकल्पना घलेगाउँबाट सुरु भएको पनि बताए ।