सन् फ्रान्सिस्को । आगामी १४ अप्रीलमा क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा नेपाल डे परेड हुँदैछ । यसका लागि तयारी अन्तिम अबस्थामा पुगेको एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष हरि ओझाले बताए । नेपालीहरुको संस्कृति र पहिचानलाई विश्वािसामु चिनाउने उदेश्यले उक्त कार्यक्रम गर्न लागेको अध्यक्ष ओझाले बताए । पछिल्लो समय अमेरिकामा लाखौं नेपालीहरुको बसोबास रहेको उल्लेख गर्दै उनले नेपाल डे परेड एउटा ऐतिहासिक किसिमको कार्यक्रम हुने अपेक्षा गरेको बताए । उक्त परेडको मुख्य आयोजकको रुपमा एनआरएनए क्यालिफोर्निया च्याप्टर रहेको ओझाले जानकारी दिए ।उनले उक्त परेडमा क्यालिफोर्नियामा रहेको धेरै नेपाली संघ सस्थाहरुको सहभागिता हुनेछ ।
यसैबीच उक्त डे परेडमा सहभागी हुन नेपालका चर्चित क्रिकेटर पारस खड्कासमेत सहभागी हुने आयोजकले जानकारी दिएको छ । अप्रील १२ र १३ मा एनआरएनए भलिबल कप हुँदैछ । ठुलो राशीको उक्त कप निकै रोमाञ्चक हुने आयोजकले बताएको छ । उक्त कपमा प्रथम हुनेले १२ हजार डलर पुरस्कार पाउनेछन् । यसैगरी दोस्रो र तेस्रो हुनेले कमशः ७ हजार र ५ हजार डलर प्राप्त गर्नेछन् । यसैगरी चौथो स्थान प्राप्त गर्नेले समेत २ हजार डलर पाउनेछन् । उक्त परेडमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर अमेरिकामा बस्ने सबै आरोहीलाई निमन्त्रण गरिएको छ । नेपाली कला संस्कृति झल्कने झाँकी सहित परेडको आयोजना गरिने भएकोले क्यालिफोर्निया वरिपरिका सबै नेपाली संघसंस्थाहरुलाई आ-आफ्नो संस्थाको व्यानर, नेपाल र अमेरिकाको झण्डा र नेपालीहरुको विभिन्न भेष-भूषाका पहरनमा सजिएर परेडमा सहभागी हुन एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाले आव्हान गरेका छन् । । यस खालको मेघा एभेन्टले काम विशेषले देशबाहिर बस्न परेता पनि नेपालीहरु सँधै एकजुट छन् भन्ने सन्देश दिने आयोजकले विश्वास लिएको छ ।
एनाअरएनए बेष्ट रिजन, एनआरएनए क्यालिफोर्निया च्याप्टर, जनजाती महासंघ र विभिन्न संघ संस्थाहरुको सहकार्यमा नेपाल र नेपाली कल्चर चिनाउने उदेश्यले हुन गइरहेको सो परेडमा यस पटक ठूलो धनराशी सहितको अप्रिल १२ र १३ गरि दुई दिने भलिवल प्रतियोगिता पनि समावेश गरिएको बेष्ट रिजनका अध्यक्ष विष्णु केसीले जानकारी दिए ।
एनआरएनए क्यालिफोर्निया च्याप्टरका कोषाध्यक्ष तेजेन्द्र बरालका अनुसार परेडमा लाग्ने खर्च ब्यवस्थापनको लागि सहयोग जुटाउने कार्य जारी रहेको छ भने हालसम्म ४० हज्जार भन्दा माथी रकम संकलन भइसकेको छ ।