काठमाडौं । इलाम क्षेत्र नम्बर १ का उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी) मा सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन व्यापक धाँधली भएको दाबी गरेका गर्दै पुनः मतदान हुनुपर्ने माग गरेका छन् ।
इलाम १ को जारी मतगणनामा पछि परेका खनालले बाक्सामा रहेको झन्डै ५ सय मत गायब पारिएको तथा मुचुल्कामा रहेको भन्दा २६६ मत बढी देखिएको पनि बताए । ‘झन्डै ५ सय मत गायव भयो । ५ सय मत गायक भइसकेपछि यो के हो भनेर हामीले प्रश्न उठायौँ’, शुक्रबारको विवादबारे उनले भने, ‘यहाँभित्र षड्यन्त्रहरु धेरै छन् । यो भनेको धाँधली हो । यस्तो धाँधलीपूर्ण निर्वाचन हामी मान्दैनौँ ।’ उनले इलाम १ मा पुनः निर्वाचन गर्नुपर्ने आफूहरूको माग गरेको बताए । तर, त्यो मागलाई सम्बोधन नगरिएको खनालको गुनासो छ ।


