काठमाडौं । मुस्लिम एकता समाज काठमाडौंको सिंगो कार्यसमिति नै एमालेमा प्रवेश गरेको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर– ५ मा पर्ने महाराजगन्जमा शनिबार आयोजना गरिएको एक समारोहबीच एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
समाजका अध्यक्ष अहमद कमालको नेतृत्वमा झण्डै ४ सय जना सदस्य एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष कमालले एमालेबाट नै मुलुकको प्रगति र समृद्धि हुने विश्वासका साथ सिंगो समाजमा आवद्ध सदस्यहरु एमाले समाहित भएको बताए ।