काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको उपचुनावको परिणामले दलहरूलाई रूपान्तरित हुन सन्देश दिएको बताएका छन्।
चितवन २ र मंसिर ४ को चुनावमा कांग्रेसले नै जितेको तनहुँ १ मा पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत आफूलाई बदलेर नयाँ ढंगले जुट्ने बताएका छन् ।
‘परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नु छ ।’ महामन्त्री शर्माले ट्विटरमा लेखेका छन्, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौँ हामी ।’


