काठमाडौं । नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले निलम्बनको भएको सूचना टाँस नगरेकोमा एमाले अध्यक्ष केपी ओलीले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताएका छन् ।
एमसीसी लगायत समसामयिक विषयमा पार्टीको आधिकारिक धारणा प्रस्तुत गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले सभामुखले राजीनामा नदिए महाअभियोग ल्याउने उनले चेतावनी दिएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले सांसद्लाई हामीले कारबाही गरेका थियौँ। तर, त्यसलाई मान्यता नदिएर नयाँ पार्टी खोलाउन सभामुखले भूमिका खेल्ने काम भयो। हामीमाथिको अन्यायलाई सम्बोधन गरियोस् भनेर हामीले माग राख्दै आयौँ। तर, यसलाई सम्बोधन गर्न सरकार तयार भएन ।’
एमालेले दुई साताअघि नै आफ्ना पार्टीका सांसदहरूलाई दुईवटा खाली कागजमा हस्ताक्षर गरेर राखेको छ ।