काठमाडौं । नेकपा एमाले कर्णालीको अध्यक्षमा ३ जनाले प्रतिष्पर्धा गर्ने भएका छन् । अध्यक्षमा प्रकाश रोकाया, गुलाबजङ्ग शाह र मीनबहादुर शाही मैदानमा छन् ।
गुलाबजङ्गलाई यामलाल कंडेलले सघाएका छन् भने मीनबहादुरलाई गोरख बोगटी र विनोदकुमार शाहको साथ छ ।
अध्यक्षका दुई दाबेदार पदाधिकारीमा प्यानलसहित नै भिड्न लागेका हुन् । उम्मेदवारी दिएका तीनैजनाले आफ्नो जित हुने दावी गरेका छन् ।