काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृतलाई आउट गर्दै नयाँ गठबन्धन बनेको छ । यो रुपन्देहीको खवर हो । उद्योगी व्यापारीको प्रतिनिधित्व हुने उद्योग संघको नयाँ नेतृत्वका लागि रुपन्देहीमा असोज २३ गते हुने निर्वाचन हुँदै छ । उक्त निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रको गठबन्धन बनेको छ ।
रुपन्देही उद्योग संघको निर्वाचनमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) पार्टीलाई ‘आउट’ गरेर प्यानल बनाइएको छ ।
संघको चुनावका लागि एमाले निकट उद्योगी माधवप्रसाद पौडेलको नेतृत्वमा साझा प्यानल घोषणा गरिएको छ । रुपन्देही उद्योग संघको ४३औं साधारणसभा तथा २२औं अधिवेशन असोज २३ गते हुँदैछ ।
हाल वरिष्ठ उपाध्यक्ष पौडेलको नेतृत्वमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट उद्योगीले संयुक्त प्यानल बनाएका छन् ।संघको आगामी कार्यकालका लागि अध्यक्षमा पौडेल, वरिष्ठ उपाध्यक्षमा दिलिप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली र द्वितीय उपाध्यक्षमा जीवकान्त काफ्लेलाई उम्मेदवार बनाउने सहमति भएको छ ।
सापकोटा हाल प्रथम उपाध्यक्ष हुन् भने पराजुली द्वितीय उपाध्यक्ष र काफ्ले महासचिव रहेका छन् । संघको महासचिवमा हालका कोषाध्यक्ष हरिबहादुर खत्री र कोषाध्यक्षमा हालका सचिव हिरामणि भट्टराईलाई साझा उम्मेदवार बनाइएको छ ।
संघको सचिवमा हाल कार्यसमिति सदस्य रहेका बसन्त ढकाल र महिला सदस्यमा मञ्जु भुसाललाई प्रस्ताव गरिएको छ । सहकोषाध्यक्षमा सुरेन्द्र ज्ञवालीलाई उम्मेदवार बनाइएको छ ।
ृ