काठमाडौं । सदाबहार रूपमा चर्चामा आइरहने पात्र हुन् नेकपा एमाले प्रभावशाली नेता भीम रावल । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा पराजित भएका भीम रावलले नेकपा एमालेभित्र भइरहेको हरेक गतिविधिलाई बाहिर बसेर सूक्ष्म ररूपमा निँयालरहिेको बताएका हुन् ।
अहिले आफ्नो हैसियत पार्टीको संगठित सदस्य मात्रै रहेको पनि रावलले बताएका छन् । अछामबाट जनताले जिताएर पठाएको पद सांसद कायम रहे पनि पार्टीभित्र भने आफू कुनै पनि जिम्मेवारीमा नरहेको उनले बताएका छन् । एमालेले गरेका कामलाई भने आफूले बढो नजिकबाट हेरिरहेको रावलले बताएका छन् ।
भीम रावलले एमाले छोड्न लागेको भनेर हल्ला चल्ने गरेको भन्दै रावलले त्यस्तो हल्ला चल्नु स्वाभाविक भएको बताएका छन् । भीम रावलले एमाले छोड्न सक्छ भनेर विश्ल्लेषण गरिएको कुरालाई अनौठो मान्न नहुने उनले बताएका छन् ।
बाहिर हल्ला चले पनि अहिलेसम्म आफुले त्यसरी सोचिनसकेको रावलले बताएका छन् । भविश्यमा के हुन्छ भन्ने कुरा भने अहिलेनै भन्न नसक्ने उनले बताएका छन् । पार्टी छोड्न लागेको भन्ने कुरालाई स्वाभाविक रूपमा लिएका रावलले अर्को पार्टीमा जाने कुरा अहिले नसोचको भए पनि भविस्यले तय गर्ने बताउँनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
एमालेको दशौँ महाधिवेशनमा अध्यक्षमा प्रतिष्पर्धा गरेर पराजित भएपछि अध्यक्ष ओलीसँग आफ्नो अहिलेसम्म कहिँ केहि कुरा नभएको रावलले बताएका छन् । महाधिवेशनको दौरानमा पनि केही कुरा नभएको , सपथ ग्रहणका बेला मंचमा ओलीसँग थोरै कुरा भएको त्यस पछि आजसम्म केही कुरा नभएको उनले भनेका छन् ।
भीम रावलले एमाले छोड्न लागे भनेर चर्चा भइरहेको छ। तपाईं एमाले छोड्ने सोचमा हो रुभन्ने प्रश्नमा रावलले भनेका छन् राजनीतिमा धेरै क्रियाशील रहेको र रहिरहने प्रकृतिको व्यक्ति भएकाले पार्टीको कुनै जिम्मेवार निकायमा नहुँदा मान्छेले त्यो अनुमान गर्नु स्वाभाविक हो। तर, मैले अहिले त्यो अनुमान गरिए जस्तो केही पनि गरिहालेको छैन।
आउँदा दिनमा गर्ने तयारी हो त रुभन्दा उनले जवाफ दिएका छन् अहिले नै अनुमान गर्दा गलत हुन्छ। विगतमा नेकपाको नेतृत्वमा झण्डै दुई तिहाइ बहुमतको सरकार थियो। जसमा एमाले र माओवादी केन्द्र मिलेर बस्ने भन्ने सङ्कल्प र घोषणा थियो। त्यति वेला ‘तीन वर्षपछि त्यो रहनेछैन’ भनेर कसैले अनुमान गरेको थिएन। राजनीतिमा भविष्यको अनुमान गरिहाले पनि त्यो मिल्दैन।