काठमाडौं । अर्थमन्त्री रहेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आफ्नो पार्टीमा सबै एकजुट भए एक्लैले निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् ।
उनले शनिबार वाग्मती प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
मन्त्री महतले कांग्रेसकै नेताहरुले पार्टी र नेतृत्वका विषयमा टीकाटिप्पणी गर्दा समस्या सिर्जना भइरहेको बताए । ‘केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ । यो निर्णय हामीले एक स्वरमा जनताको बीचमा लिएर जानुपर्नेछ,’ मन्त्री महतले भने, ‘हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलग–अलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ ।’