काठमाडौं । आज पनि काठमाडौं उपत्यकाको मौसम चिसो नै रहने जल तथा मौसम विभागले जनाएको छ ।
आज बिहान ५ः४५ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए ।
शनिबार सो समयमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस देखिएको थियो भने पछि पुनः बिहान ८:४५ बजे मापन गर्दा ४.६ डिग्री सेल्सियस थियो।


