काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको छ । गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्षका दुई दाँत झरेका छन् भने उपाध्यक्ष मण्डलको हात भाच्चिएको छ ।
गाउँपालिकाको सभाकक्षमा गहुँको बिउ वितरण गर्ने विषयमा सुरु भएको विवाद कुटाकुटमा परिणत भएको हो । उपाध्यक्ष मण्डलले आफ्नो प्रहारबाट अध्यक्षको दाँत झरेको स्वीकार गरिन् ।
ुआफूखुसी बिउ वितरण गर्न लाग्दा मैले प्रतिवाद गरेको हो । तर, उहाँले कुर्सी उठाएर गाली गरेपछि मैले हात उठाउँदा दाँत झरेका हुन्ु, उनले शिलापत्रसँग भनिन् ।
मंगलबार दिउँसो ३ बजेतिर यो घटना भएको हो । प्रहरीले भने घटनाबारे कुनै उजुरी नआएको जनाएको छ ।