काठमाडौं। नेकपा.माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामीहरु गणतन्त्र उल्टाउने षड्यन्त्रमा लागिरहेको आरोप लगाएका छन् ।
उनले शुक्रबार माओवादी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक परिवर्तनलाई उल्ट्याउन खोज्नेहरूका विरुद्धमा देशभरका सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताए ।
‘‘केही समय पहिले अलिकति कन्फ्युजन थियो, भ्रम थियो माओवादीको बारेमा तर गत साल जतिबेला गणतन्त्र उल्ट्याउने षड्यन्त्र भयो त्यसका विरुद्ध हामीले संघर्ष गर्यौँ र सफलता प्राप्त गर्यौँ,” उनले भने, ‘‘यो देशका मधेशी, थारु, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम सबै समुदायको पहिचान र अधिकारको लडाइँ माओवादी केन्द्रले लडेर त्यसलाई स्थापित गरेको हो, यसलाई उल्ट्याउन खोज्ने तत्वविरुद्ध जनता एकजुट हुने प्रक्रियामा अगाडि बढेको मैले महशुश गरेको छु।’’