काठमाडौं । गत राति बाँकेको नेपालगञ्जमा स्कारपियो गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ ।
अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै ठक्कर दिएको थियो । गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।