काठमाडौं । जल तथा मौसम विभागले अहिले काठमाडौं उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहेको जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले अहिले काठमाडौँ उपत्यकाको आकाशमा अलिअलि बादल देखिएको बताए ।
उनका अनुसार आज दिनभर काठमाडौं उपत्यकाको मौसम सामान्यतया सफा (आकाश खुला) नै रहने सम्भावना छ। पछिल्ला दिनमा तापक्रम घट्ने क्रम जारी छ । तराईका जिल्लामा समेत जाडो बढेको छ ।