काठमाडौं । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयलमा करको दर फेरबदल गर्न अनधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले बुधबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिँदैछ।
समितिले आजको बैठकमा शर्मालाई बयानका लागि बोलाइएको छ। समितिले यसअघि मन्त्रालयका अर्थ सचिव र राजस्व सचिव, सहसचिव र अन्य कर्मचारीसँग सोधपुछ गरिसकेको छ।
समितिले सीसीटीभीको हार्डडिस्क नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाउने निर्णय समेत गरेको छ।


