काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ।
७४ हजार ३३६ मत खसेकामा बुधबार बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ। अब तीन हजार १७० मत गन्न बाँकी छ । अहिलेसम्मको मत परिणामअनुसार नगरप्रमुखमा नेकपा (एमाले)का टीकाराम खड्का तीन हजार ३६६ मतले अघि छन्।
खड्काले ३० हजार ३५ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २६ हजार ६६९ मत प्राप्त गरेका छन्।
तुलसीपुरमा एमालेले सुरुआतदेखि अग्रता लिँदै आएको छ।