काठमाडौं सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा विरोध जनाउँदै ६ विद्यार्थी संगठनले मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन्।
उनीहरूले बिहीबार विज्ञप्ति जारी गर्दै मूल्य वृद्धि फिर्ता लिन भनेका हुन् । उनीहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई मूल्य वृद्धि तत्काल फिर्ता लिन भन्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियु,जसपा निकट समाजवादी विद्यार्थी संघ, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा निकट अखिल क्रान्तिकारी, र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौले सँयुक्त विज्ञप्ति जारी गर्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए कार्तिक २६ गते बिहान ९ बजेदेखि ११ बजेसम्म आयल निगमका महाप्रबन्धकलगायत कर्मचारीलाई प्रवेश निषेध तथा घेराउ गर्ने चेतावनी उनीहरुले दिएका छन् । त्यस्तै कात्तिक २८ गते प्रदर्शनी मार्गमा खाली सिलिन्डर प्रदर्शन गरी विरोध जनाउने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कात्तिक ३० गते देशभर आयल निगमको कार्यलयमा कालो ब्यानर राखी बिरोध गर्ने र मङ्सिर २ गते माइतीघर मण्डलामा सड़क बहस गर्ने उनीहरुले जनाएका छन्।