काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेका छन्।
उनी यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत हुन् ।
अविरल वर्षाका कारण सिन्धुपाल्चोकको ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयका भौतिक संरचनाहरु, चनौटे बेलिबृज, मेलम्ची बेलिबृज लगायत केही घरहरुमा बाढीले क्षति पुर्याएको छ।
मन्त्री बस्नेतले बाढी प्रभावित क्षेत्रमा तत्काल राहतको कार्यक्रम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन्। बाढीप्रभावित क्षेत्रका बासिन्दाको राहत र उद्धारका लागि मन्त्री बस्नेतले बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ, नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव रमेश राज भण्डारी, मेलम्ची नगर उपसभापति रामशरण गिरीलगायतका नेताहरूलाई पनि त्यहाँ खटाइएको जानकारी दिएका छन्।


