काठमाडौं । नेकपा (मसाल) बाग्लुङका नेता सञ्जाल शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
करिब २ दशक लामो नेकपा मसाल निकटका विभिन्न मोर्चामा रहेर काम गरिरहेका शर्मा एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा एमालेमा प्रवेश गरेका हुन् ।
उनलाई एमालेको युवा तथा खेलकुद विभागको सदस्यको जिम्मा दिइएको छ ।
विभागको केन्द्रीय बैठक चलिरहँदा एमाले महासचिव पोखरेलले शर्मासहित १९ जनालाई शपथ ग्रहण गराएका थिए ।
शपथ ग्रहण कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले नेकपा एमाले कम्युनिस्ट विचारधारा राख्नेहरूको केन्द्र भएको बताए ।