काठमाडौं । एमाले महाधिवेशनमा भाग लिन आएका नेता भीम आचार्य कोरोना संक्रमणबाट बिरामी भएपछि अस्पताल लगिएको छ ।
केही दिनअघि संक्रमण पुष्टी भएपछि उनी सौराहास्थित सेभन स्टार होटलमा आइसोलेसनमा बसेका थिए ।
आइसोलेसनस्थलमा नेता आचार्य चिकित्सकहरुको निगरानीमा थिए । तर, स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई एम्बुलेन्समा राखेर भरतपुर अस्पताल लगिएको हो । उनलाई ज्वरो लगायतका लक्षणहरु देखिएका छन् आचार्य छोटो समयमा लागि प्रदेश १को मुख्यमन्त्री भएका थिए ।