काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन मंसिर २५ गते, प्रचण्डले उद्घाटन गर्ने
उसले पार्टीको वडा सम्मेलन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टीको वडा अधिवेशन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए ।
कतिपय पालिकाहरूमा भने अधिवेशन स्थगित भए पनि आज, भोलि नै सबै सकिने र पालिका अधिवेशनहरू पनि उत्साहपूर्वक अगाडि बढेको निष्कर्ष निकालिएको उनले बताए । प्रवक्ता महराले हालसम्म पार्टीको सदस्यता ७ लाख ६ हजार ५०० पुगेको र पार्टी सदस्यता ८ लाख पुग्ने अनुमान गरिएको जानकारी दिए ।
बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११–१३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ ।