काठमाडौं । कोरोना महामारी अझै कायम रहेको भन्दै नेकपा (माओवादी केन्द्र)ले शुक्रबार र शनिबार बोलाइएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ । कार्यालय सचिव श्रीराम ढकालले संक्रमण दर कम नभएकोले बैठक हाललाई स्थगित गरेको जानकारी गराएका हुन् ।
यसअघि माघ २७ गतेका लागि बोलाइएको बैठक बस्ने ठाउँ तय नभएका कारण माघ २८ र २९ गतेका लागि सारिएको थियो । बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बस्ने तय भएको थियो । तर अघिल्लो दिन बैठक स्थगित गरिएको हो ।
माओवादीको केन्द्रीय समिति बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० का विषयमा पार्टीको धारणा प्रष्ट पार्ने र पार्टीका पदाधिकारी चयनबारे पनि छलफल गर्ने तय भएको नेताहरुको भनाइ थियो ।