काठमाडौं । राष्ट्रिय एकता अभियानले बंगलादेशमा हिन्दुमाथि भएको आक्रमणबारे ध्यानाकर्षण गराउन नेपालस्थित बंगलादेश राजदूतावासमार्फत त्यहाँका प्रधानमन्त्री शेख हसिनालाई ज्ञापनपत्र बुझाएको छ । बंगलादेशका मन्दिरहरू एवम हिन्दू आराध्य देवी देवताको प्रतिमाहरूमाथि भएको हमलाको निन्दा गर्दै अभियानले दोषीलाई कारवाही तथा हिन्दु समुदायको सुरक्षाका लागि बङ्गलादेश सरकारसँग माग गरेको हो ।
बंगलादेशमा भएको सो घटनाले नेपालको सम्पूर्ण हिन्दु समुदायलाई चोट पुर्याएको दावी समेत सो अभियानले गरेको छ । बंगलादेशमा हिंसा फैलिएपछि हालसम्म ४ जनाको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएका छन् । अभियानले बंगलादेश सरकारलाई अन्तर्राष्ट्रिय मानवअधिकार सन्धि, संयुक्त राष्ट्रसंघको वडापत्र तथा धार्मिक अल्पसंख्यकको सांस्कृतिक अधिकारको स्मरण समेत गराएको छ ।