काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ ।
शनिबार रास्वपाले पोखराको अमरसिंह चौरमा आयोजना गरेको कार्यक्रममा उनीमाथि खोया प्रहार भएको हो ।
लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले भाषण गरिरहेका लामिछानेलाई खोया प्रहार गरेको बताइएको छ । प्रहरीले खोया प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।