काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेशअधिकारीले शैक्षिक परामर्श ब्यवसायीसँग सहकार्य गर्न मन्त्रालय सदैव तत्पर रहेको बताएका छन् ।उनले शुक्रबार शैक्षिक परामर्श व्यवसायी संघ नेपालको पहिलो साधारण सभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले सरकार उच्च शिक्षा सम्बन्धी कानुन तर्जुमाका क्रममा रहेको र यसका लागि परामर्शदाताहरुसँग सल्लाह सुझाव लिने प्रतिवद्धता पनि ब्यक्त गरे ।
उनले भने, ‘कन्सलटेन्सी भनेपछि मन्त्रालयको गेटबाट भित्र छिर्न नहुने भन्ने हुदैँन्, हामी सहकार्य गर्न चहन्छौ । यतिबेला हामी उच्च शिक्षा सम्बन्धी कानुन तर्जुमाका क्रममा छौं । शैक्षिक परामर्शलाई कस्तो बनाउने, कानुनमा कुन रुपमा राख्ने भन्ने विषयमा तपाइँहरुसँग सल्लाह गर्छौ ।’
संघको प्रथम अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिवेशनबाटअध्यक्षमा प्रज्वल बस्नेत, उपाध्यक्षमा हेमन्तराज दुलाल र अर्जुनकुमार चयन भएका छन् भने महासचिवमा अनिल शर्मा पौडेल, सचिवमा अमित खड्का र कोषाध्यक्षमा दीपा लामिछाने सर्वसम्मत भएका छन् । अन्य सदस्यहरूमा शंकर फुयाँल, सन्तोष बस्नेत, मदन उप्रेती, प्रज्वल खत्री र नरेश सेढाईं चयन भएका छन् ।


