काठमाडौं । निकै रस्साकस्सीबीच आज पनि सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दै छ। यसअघि बुधबार बसेको बैठक सहमतिको नजिक पुगेको र त्यसलाई अन्तिम रूप दिन बिहीबार पनि बैठक बोलाइएको कार्यदल सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान नौ बजे बस्नेगरि बोलाइएको छ। बैठकपछि कार्यदलले तयार गरेको प्रतिवेदन बिहीबार नै शीर्ष नेताहरूलाई बुझाइनेछ। अघिल्ला बैठकहरुमा सत्तामा सहभागी दलहरुले आफूले धेरै सिट पाउनुपर्ने अडानमा टसमस नभएपनि छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
कार्यदलको बैठकमा सहभागी एक नेताका अनुसार बुधबारको बैठकमा सबै दलहरु आ–आफ्नै अडानमा देखिएका छन्। नेपाली कांग्रेसले १०० सिटवाट ९० मा झरेको छ भने माओवादी केन्द्रले ६०–५० को बिचमा चाहिने अडान रहेको छ। आज पनि कार्यदलमा सहमति हुन नसके अपुरो प्रतिवेदन नै शीर्ष नेताहरुलाई बुझmाउने बुझिएको छ ।


