काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका चाहिने कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिइने बताएका छन्।
मन्त्री खाँणले शनिबार विमानस्थलमा नयाँ रोजगारी खुल्दा र अन्य अवसरमाहरु समेत स्थानीयले प्राथमिकता पाउने भन्दै त्यसतर्फ आफूले पहल गर्ने जनाएका छन्।
रुपन्देही–३ मा पाँच दलीय सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले शनिबार भैरहवामा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै स्थानीयले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण सम्पन्न भएकाले नयाँ रोजगारी खुल्दा स्थानीयलाई योग्यता अनुसारको रोजगारीमा प्राथमिकता पाउने बताए।


