काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा गर्नेलाई कारबाही हुने बताएका छन् ।
शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै उनले प्रतिवेदन आगामी बैठकमा प्रस्तुत हुने र सार्वजनिक गरिने बताएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
गत मंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न शिवलाल थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो । अन्तरघात गरेको भन्दै केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागि प्रतिवेदनमार्फत् सिफारिस गरिएको जसपा प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिए ।


