काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो मधेश प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकरदुई ठाउँमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
यसैबीच दिउँसो काठमाडौं उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
यस्तै राति मधेश प्रदेशका एकरदुई, कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


