काठमाडौं । आज देशका पहाडी क्षेत्रमा हल्का वर्षा हुनसक्ने जल तथा मौसम विभागले जनाएको छ । छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति भने देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ।


