काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले नागरिकता विधेयक पारित प्रक्रिया अघि बढाउने भएको छ।
यसअघि प्रतिनिधि सभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको सरकारले यसमा छलफल गरी पारित गर्ने तयारी गरेको हो।
आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । आजको बैठकका लागि सार्वजनिक सम्भावित कार्यक्रममा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफल सदनमा गरियोस्’, ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख गरिएको छ।
यसैगरी आजै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यक्रम छ।


