काठमाडौं । आजबाट मौसममा केही सुधार हुने जल तथा मौसम विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार मौसम सुधारोन्मुख छ। वर्षा त हुन्छ तर हल्कादेखि मध्यमसम्म मात्र। ठूलो वर्षाको सम्भावना छैन।
‘बादल पनि देशभर लाग्दैन’, उनले भनिन्, ‘कतिपय स्थानमा घाम लाग्छ।’
जसका कारण तापक्रमचाहिँ बढ्ने सम्भावना देखिएको उनले बताइन्। आज बिहान ७ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम आज बिहान ७ बजे २१ डिग्री सेल्सियस पुगिसकेको छ। आज उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्रीसम्म पुग्ने अनुमान छ।


