काठमाडौं । आज केही प्रदेशमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। कोशी, मधेश र बागमती प्रदेशमा दिउँसो आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमानमा महाशाखाले जनाएको छ।
गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू९भागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


