काठमाडौं । पूर्वमन्त्री मीना पाण्डेको निधनमा नेपाली कांग्रेसले तीन दिन झन्डा आधा झुकाउने तीन दिन आधा झण्डा झुकाउने भएको छ ।
कांग्रेसले मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो । बुधबार केन्द्र तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरूमा शोक पुस्तिकाहरू राख्ने र १३ औं दिनमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।
पाण्डेको निधनमा सभापति शेरबहादुर देउवाले पनि दुस्ख व्यक्त गरेका छन् ।


