काठमाडौं । नेपाली कांग्रेसका नेता डाशेखर कोइरालाले नेपाल सुन तस्करीको केन्द्र बनेको टिप्पणी गरेका छन् ।
नेता कोइरालाले विहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सुन तस्करीका कारण नेपालको छवि धूमिल भएको बताए। “नेपाल सुन तस्करीको ट्रान्जिट पोइन्ट बनेको छ,” कोइरालाले भने।
भारतमा टनका टन सुन खपत हुने र त्यसको आपूर्तिका लागि नेपाली भूभाग प्रयोग भइरहेको उनको भनाइ थियो। “सुन काण्डलाई तपाईंहरूले कसरी लिनुभएको छ, थाहा छैन तर मैले यसलाई अन्तर्राष्ट्रिय अखडा बनेको रूपमा लिएको छु।”
नेपालले सुन तस्करीको छानबिन गर्न सक्नेमा पनि उनले शङ्का गरे। “सुन तस्करीमा चीन, भारत सहित अनेक शक्तिशाली राष्ट्रको संलग्नता हुन सक्ने भएकाले त्यसको छानबिन गर्ने हैसियत हुन्छ कि हुँदैन,” कोइरालाले प्रश्न गरे।


