काठमाडौं । नेकपा एमालेका पूर्व नेता रामवीर मानन्धर प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीमा प्रवेश गर्ने भएका छन् । उनीहरुबीच माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट भएको हो ।
मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको रुपमा मानन्धर अब आजपामा संगठित रुपमा नै अगाडि बढने आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए ।


