काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आले र नेपाली कांग्रेसकी सांसद माया राईले आज शपथ लिने भएका छन् । उनीहरुले आज दिउँसो १२ः३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालय शपथ लिन लागेका हुन्।
आले मातृशोकमा थिए भने राई सुत्केरी भएर अस्पतालमा थिइन्। उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउने कार्यक्रम छ।


