काठमाडौं । हिन्दू सम्राट सेना नाम गरेको एक सङ्गठनले निकालेको र्यालीका क्रममा विहीबार महोत्तरीको भंगहामा हिंसा भड्किएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाइ फायरसमेत गर्नुका साथै दुई समुदायबीच झडपपछि हिंसा भड्किनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले महोत्तरीको भंगहा नगरपालिका –८ मा कर्फ्यू लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहीबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका जारी गरिएको कर्फ्यू अझै कायमै छ । स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले बताए ।
आदेशको वर्खिलाप भएमा कानून बमोजिम कडा कारवाही हुने चेतावनी समेत दिइएको छ । दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुर भन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नपा वडा नं १ बगडा चौक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकोको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।


