काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका छन्।
भृकुटीमण्डपमा जारी महाधिवेशन उद्घाटन कार्यक्रममा अन्य दलका नेताहरु पुगिसकेपछि ओली पुगेर अतिथिको आशण ग्रहण गरेका हुन्।
कांग्रेसले ओलीलाई सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको आशनको बीचमा राखेको छ। नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग झण्डै १ वर्षदेखि एउटै मञ्चमा नबसेका ओलीलाई नेपाली कांग्रेसले पनि उनीहरुको छेउमा राख्नुको साटो प्रधानमन्त्री देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको बीचमा राखिएको बताइएको छ ।
नेकपा एमालेको भखैरै चितवनमा सम्पन्न महाधिवेशनमा समाजकादीका अध्यक्ष नेपाललाई आमन्त्रण नै गरिएको थिएन भने माओवादी केन्द्रका अध्यक्षले पनि आफू नगएर नेता लीलामणि पोखरेललाई पठाएका थिए ।देउवा र पौडेलको बीचमा ओलीले अतिथि आशणग्रह गर्दा महाधिवेशनस्थलमा हुटिङ लागेको थियो।