काठमाडौं । आज देशका केही स्थानमा वर्षा हुनसक्ने जल तथा मौसम विभागले जनाएको छ ।
यतिबेला मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम आंशिक बदलीको अवस्थामा छ। यतिबेला गण्डकी प्रदेशको एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो मधेस प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


